ज्योति विकास बैंककाे गत आवको लाभांश घोषणा

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । साे बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको जानकारी दिएकाे छ । साे प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने वताइएकाे छ ।

प्रस्तावित लाभांश भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री