कटुवा पेस्तोलसहित २५ वर्षीय युवक पक्राउ

रौतहट । रौतहटमा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित दिलिप साह पक्राउ परेका छन् ।

प्रहरीले यमुनामाई गाउँपालिका ४ वस्ने २५ वर्षीय साहलाई बिहीबार साँझ कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका ५ झाँजपुल स्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

बी आर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफ्टी कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री