भारतले कब्जा गरेको ५१ हजार हेक्टर भुभागबारे ओलीले मोदीसंग जवाफ माग्ने आँट गर्न सक्छन ? (भिडियो)

काठमाडौं ।भारतसँग सीमा जोडिएका २७ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । यो विवाद  बर्षौ देखि भारतको मिचाहा प्रवृतिका कारण सीमा क्षेत्रका नेपालीले सास्ती बेहोरिरहेका छन् । भारतले नेपालकाे ५१ हजार हेक्टर भूभाग कब्जा गरेको छ ।

नेपाल र भारतबीचको सीमा विवादको इतिहास लामो छ । सीमा विवाद समाधानका लागि बेलाबखत पहल भएपनि समाधान हुन भने सकेको छैन । भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । भारतसँगको १ हजार ८ सय ८० किलोमिटर सीमा क्षेत्रमा भारतले ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमण गरेको केहि जानकारहरुको भनाइ रहे पनि भारतले नेपालकाे ५१ हजार हेक्टर भूभाग कब्जा गरेको दाबि गर्छन सिमाविद बुद्धिनारायण श्रेष्ठ ।

भारतले दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिपु लेक र लिम्पियाधुरामा मात्र ३७ हजार हेक्टर भूमी अतिक्रमण गरेको छ । यस क्षेत्रमा भारत र चीनले सन् २०१५ मे १५ मा नेपालको सहमतिविना नेपाली भूमी अतिक्रमण हुनेगरी सम्झौता गरेपनि सरकारले आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन । यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणका क्रममा राख्नुपर्ने सीमाविद्हरुको भनाइ छ । त्यस्तै भारतले नवलपरासीको सुस्ता क्षेत्रमा पनि धेरै भूमी अतिक्रमण गरेको छ ।

साविकको सुस्ता गाउँपालिकाको ९ ओटा वडा मध्ये हाल एउटा वडा मात्र बाँकी छ । अधिकांश सीमा क्षेत्रमा भारतले नेपाली भूमी अतिक्रमण गरेपनि समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन । सिमा विवादसँग सम्बन्धित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले सिमा विद बुद्धिनारायण श्रेष्ठसँग गरेको कुराकानी हेर्नुहोस्:

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस