शनिबार काठमाडौंका यी स्थानमा २ बजेसम्म बत्ति नआउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालकाअनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।

यस सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभूलगायतका ठाउँमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ ।

प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तासँग क्षमा माग्दै निर्धारित कार्य समय अगाडि नै काम सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य ठाउँमा ४ दिन विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम …

प्रतिकृया दिनुहॊस

This will auto close after