फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा वुकिङ्ग खुल्ला

काठमाडौं। जी.ओ. अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ ।

सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट÷श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी÷सेगमेन्ट नै पुन ः परिभाषित गर्दै आएको छ ।

फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ ।

सन् २०२१ संस्करण ईकोस्पोर्ट { Bharat stage VI (BS-VI) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ ।

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. Ti-Vct पेट्रोल ईन्जिन समावेश छ । जसले 122 PS power  र  149 NM Torque प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड Automatic Transmission  मा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो BSVI मा आधारित १.५लि  TDCI  डिजल ईन्जिन रहेको छ जसले 100 PS power र  215 NM Torque k प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

यस ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो Sun roof  जडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२१ ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ ।

जस्तै
चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ ।
यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त क्थ्ल्ऋ घ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।
९ ईन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ ।
सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डि.आर.एल रेन सेन्सिङ्गवाइपर आदि,पाउन सकिन्छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप