काठमाडौं । नाइजेरियाको उत्तर-पूर्वी शहर मुबीमा भएको आत्मघाती हमलामा कम्तिमा २७ जनाको मृत्यु भएको छ । अरु एक दर्जन बढी घाइते भएका छन् ।
दिउँसोको प्रार्थनाको तयारी भइरहेको बेला मस्जिदभित्र र बाहिर विष्फोट भएको थियो ।प्रहरीका अनुसार यो आक्रमणमा इस्लामिक चरमपन्थी समूह बोको हरामको हात हुनसक्छ ।
बोको हराम सन् २००९ देखि नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनुपर्ने माग राख्दै संघर्ष गर्दै आएको छ । बोको हरामको आक्रमणबाट नाइजेरियामा हालसम्म २० हजार मानिस मारिइसकेका छन् भने करिब २० लाख मानिस बिस्थापित भएका छन् ।
अनलाइनखबर
प्रतिकृया दिनुहॊस