तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कोरोबार ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको रु ९० हजारमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५० कायम भएको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु ३५ ले बढेर प्रतितोला ११ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री