भारतमा कोरोनाबाट २४ घण्टामा ४९६ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४९६ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३६ हजार छ सय ९६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार ८१० जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९३ लाख ९२ हजार ९२० पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८८ लाख दुई हजार २६७ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४२ हजार २९८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ५३ हजार ९५६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १३ करोड ९५ लाख तीन हजार ८०३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १२ लाख ८३ हजार ४४९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप