आइतबार तोलामा छ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ६ सयले घटेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री