हिमाली क्षेत्रमा हिमपात, अन्य भू-भागको मौसम कस्तो ?

काठमाडौं । अहिले देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विभान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर १२ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १३ गते (शनिबार)
दिउँसो : देशका पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ११ गते (बिहिबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस