रइमा श्रेष्ठले जितिन् मिस टिन काठमाडौं आइकनको उपाधि

काठमाडौं । मिस टिन काठमाडौं आइकनको उपाधि रइमा श्रेष्ठले हात पारेकी छिन् । मिस टिन काठमाडौं आइकनको यो चौथौ सिजन रहेको आयोजकले जनाएका छन् ।

राइज एण्ड शाइन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा सहभागीको उल्लेख्य सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा रइमा श्रेष्ठ मिस टिन काठमाडौं आइकन बन्न सफल भएकी थिइन् भने मिस टिन ग्ल्याम इन्टरनेसनलको उपाधी सुशिला थिङले हात पारिन् ।

यस्तै मिस टिन चार्मिङ इन्टरनेसनल मोनिका मगर बनिन् । यता, फस्ट रनर अप रिया नापितको हातमा पर्दा सेकेन्ड रनर अपमा दिया सुन्दास रहेकी छिन् । यस्तै, मिस ब्युटीफुलमा प्रतिष्ठा थापा छिन् ।

मिस कन्जेनिटलमा रेश्मा मगर छिन् भने बेस्ट स्किनमा मोनिका मगर, मिस क्रीएटिभ, मिस ट्यालेन्टमा रइमा श्रेष्ठ, मिस डिसिप्लीनमा रिया नापीत , बेस्ट र्याम्प वाकमा सुशिला थिङ र मिस बब्लीमा दिया सुन्दास रहेकी छिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस