आजको मौसमःहिमाली भू–भागका केही स्थानहरुमा हिमपातको सम्भावना

काठमाडौं ।   हाल देशमा पश्चिमी वायुको प्रभाव देखिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था  छ र अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १० गते (बुधबार)

दिउँसो : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक वदली रहनेछ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भु-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

  मंसिर ११ गते (बिहिबार)

दिउँसो : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम  प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर १२ गते (शुक्रबार)

दिउँसो : बाग्मती प्रदेश, प्रदेश नं २ र  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदलि र बाँकि प्रदेशका पहाडी भु-भागमा  आंशिक बदलि रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भामा मौसम सामान्यतया सफा रहनेछ 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस