काठमाडौं । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत थप २ कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरानकी एक महिला र रामधुनीका एक पुरुष रहेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका-६ का ४० वर्षीय पुरुषको मंगलवार राति ११ बजेतिर मृत्यु भएको छ । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति नै ९ बजेतिर नोबेलमै मृत्यु भएको हो ।
अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भए-नभएको बारेमा केही पनि खुलाएको छैन ।
तपाईंको प्रतिकृया




