भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४८० जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार २१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ९७५ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९१ लाख ७७ हजार ८४१ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ८६ लाख ४ हजार ९५५ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४२ हजार ३१४ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ३८ हजार ६६७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १३ करोड ३६ लाख ८२ हजार २७५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ९९ हजार ५४५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस