खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी छन् ।

चूडमणिले  पत्‍नी ३८ वर्षीया टीकादेवी पौडेल र सोही नगरपालिका- २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका -६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा  दुवै जनालाई खुकुरी प्रहार गर्दा टीकाको घटनास्थलमै मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री