सनराइजले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकले सेयरधनीलाई ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो

।बैंकले ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ लाभांश दिनेछ ।  बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत तथा बैंकको साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप