सिद्धार्थ सिमेन्ट बिक्रेता भेला

काठमाडौं । सिद्धार्थ सिमेन्टले हालसालै चितवनमा बिक्रेता भेलाको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोन्धन गर्दै कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र योसंग जोडिएको चुनौती बारे जानकारी दिए।

त्यसैगरि कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल एव नेशनल सेल्स म्यानेजर बिकास कुमार झाले छुट्टाछुटै रुपमा सिन्द्धार्थ सिमेन्टका बारे आ–आफ्नो मन्तव्य व्यक्त गरे ।

भेला कार्यक्रममा बिक्रेताहरुको प्रतिनिधित्व गर्दै लाल बहादुर रानाले आफ्नो बिचार व्यक्त  गरे । यस भेलामा चितवन, नवलपरासी र मकवानपुरका १२५ जना भन्दा वढी बिक्रेताहरुको सहभागी थिए ।

भेला चितवनको एक रिसोर्टमा आयोजना गरिएको थियो । सिद्धार्थ सिमेन्टले यस भेला मार्फत आफ्नो बिक्रेताहरुसंगको सम्बन्धलाई अझै बढी व्यवसायिक एवं सदृढ बनाउन सफल भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस