धार्मिक आस्थालाई छेकेन कोरोनाले, दक्षिणकालीमा देखियो दर्शनार्थीको यस्तो भीड [फोटोफिचर]

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबीच पनि दक्षिणकाली दर्शनका लागि बाक्लै संख्यामा दर्शनार्थीहरू पुग्ने गरेका छन् ।

सरकारले धार्मिक स्थल, मेला, सभा-सम्मेलन, गोष्ठी सञ्चालन अझै खुला गरेको छैन तर, कोरोना महामारीकै बीच धेरै दर्शनार्थीहरु दक्षिणकाली पुग्ने गरेका हुन् । काठमाडौँको फर्पिङ कुुलेखानी सडकखण्डमा पर्ने प्रसिद्ध दक्षिणकाली मन्दिरमा पुग्दा त्यहाँ दर्शन गर्ने भक्तजनहरुको बाक्लै लाइन देखिन्थ्यो ।

कोरोना संक्रमण जोखिमको बाबजुत पनि सुरक्षाका उपयाहरु अपनाउँदै दर्शनार्थी त्यहाँ पुगेका थिए । दर्शका लागि लाइनमा बसेका भक्तजन देख्दा लाग्थ्यो धार्मिक आस्थालाई कोरोनाले छेकेको छैन ।

  • फोटो / न्यूज दैनिक
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री