नेपाल बैंकको शाखा दाङ्गको लमहीमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखा संचालनमा ल्याएको छ ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।

यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटीएममा विस्तार भएको छ ।

सोही कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा नेपाल बैंकले एनिर्भसरी ब्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए ।

बार्षिक ६.९९% मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यवसाय कर्जाको सिमा रु. १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १००% सम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८०% सम्म लगानी गर्नसक्ने छ ।

बैंकले अत्याधुनिक बैंकिग सेवा सुविधाहरु मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदान गर्दै आइरहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस