प्रभु बैंकको नयाँ सेवा : क्यु आर कोड स्क्यान गरी नगद झिक्न मिल्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यु आर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलेसमेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो ।

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्त भइने बैंकले जनाएकाे छ ।

बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउने बैंकको विश्वास रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस