रोल्पाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

काठमाडौं । रोल्पाका कोरोना संक्रमित पुरूषको उपचारका बेला बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएकाे जानकारी अनुसार रोल्पाको लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरूषको शनिबार मध्यराति १२ः१० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखापरेपछि रेउघा अस्पतालमा स्वस्थ्य परीक्षण गरिएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । कोरोना संक्रमण हाे की भनी कात्तिक १४ गते गरिएको परीक्षणमा रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घटेन काठमाडौँको प्रदूषण, अहिलेपनि विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा …

प्रतिकृया दिनुहॊस