सिटिजन्स बैंकले खुलायो जागिर

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि जागिर खुलाएको  सूचना निकालेकाे छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले असिस्टेन्ट म्यानेजर सिनियर अफिसरमा २ जना, असिस्टेन्ट म्यानेजरमा १ जना, एमएसएमई सिनियर अफिसरमा १ जना, गण्डकी प्रदेशका लागि असिस्टेन्ट म्यानेजर १ जनाका लागि जागिर खुलाएको छ ।

बैंकले ८ जना जुनियर अफिसरका लागि जागिर खुलाएको सूचना प्रकाशित गरेकाे छ । बैंककाे काठमाडौं उपत्यका, कपिलवस्तु जितपुर, दाङ तुलसिपुर, झापा दमक, धरान, जाजरकोट र जुम्लामा काम गर्ने गरी जागिर खुलाएको छ । त्यसैगरी बैंकले प्रदेश नम्बर २ मा जुनियर अफिसरतर्फ २ जनाका लागि जागिर खुलाएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले अनलाइनमार्फत् आवेदन दिन सक्ने बैंकले जानकारी दिएकाे छ । मसिर ७ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस