काठमाडौँ । सुनचाँदीको मूल्य फेरी उकालो लाग्ने क्रममा देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलाको रु २० ले बढेर प्रतितोला १२ सय ७५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहॊस