बलिउड नायिका तथा मोडल पूनम पाण्डे पक्राउ

एजेन्सी ।   बलिउड नायिका तथा मोडल पूनम पाण्डे गोवामा अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पक्राउ परेकी छिन ।

गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई सरकारी सम्पत्तीमा अभद्र व्यवहार तथा अश्लिल भिडियो छायांकन गरेको आरोपमा पक्राउ गरेको  हो  ।

पूनमले अश्लिल भिडियोको छायांकन चापोली बाँध क्यानाकोनामा गरेकी थिइन् । पूनमको  यो भिडियो अहिले गोवामा भाइरल भैरहेको छ ।

पूनमको भिडियोले गोवालाई अश्लिल गन्तव्यको रुपमा प्रमोशन गरेको र राज्यको बदनामी गरेको पनि आरोप लगाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री