राष्ट्रपतिबाट पदीय मर्यादा र गरिमाको उल्लङ्घन किन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले पार्टी विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति आपत्ति जनाएका छन् ।

पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय हुँदा पदको मर्यादा उलंघन हुने र स्थापित प्रणालीको अवज्ञा हुने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’सँग नेकपा विवाद समाधानको विषयमा छलफल गरेकोप्रति लक्षित गर्दै रावलले यस्तो बताएका हुन् ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ’, रावलले ट्वीटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस