कोरोना जितेका धादिङका पुराना पत्रकार बर्माको निधन

धादिङ । धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का धादिङ जिल्ला समाचारदाता  बर्माको शुक्रबार बिहान उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।

किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए ।

गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुरमा कारसँग स्कुटर जुध्दा २३ वर्षीय सुजनको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो …

प्रतिकृया दिनुहॊस