रिलायन्स लाइफ इन्स्योरेन्सको ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।

यस योजनाको अर्को बिशेषता भनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२% सम्म र आर्जित बोनस भुक्तानी गर्ने हो ।

यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस  भुक्तानी हुनेछ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ ।

यस योजनामा बीमा अवधि न्युनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क …

प्रतिकृया दिनुहॊस