साताको पहिलो दिन बढ्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलाको रु १५ ले बढेर प्रतितोला ११ सय ९५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री