गरिमा विकास बैंकको नाफा २८ करोड १५ लाख

काठमाडौं । गरिमा विकास बैंकले ३ महिनामा १० करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले गएकाे चैतसम्म २८ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १८ करोड रुपैयाँ खुदनाफा कमाएकाे थियो । गत आवको चैतमा बैंकले २४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत चैतसम्म बैंकले ६९ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी गत पुसमा ४३ करोड ७९ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले ब्याज आम्दानी मात्रै ३० करोड रुपैयाँ बढाएको छ ।

पुसको तुलनामा बैंकको निष्क्रिय कर्जा बढेर ०.७८ प्रतिशत पुगेको बैंकले जानकारी दिएकाे छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा ०.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ८.७५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.९३, आधार ब्याजदर १२.१७ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत रहेकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री