तनहुँमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्न खोज्ने पक्राउ

काठमाडौं । तनहुँमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्न खोज्ने १ जना पक्राउ परेका छन् । तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने १ युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर भएका १९ वर्षीय किरण बानियाँ छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमको पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले बानियाँको साथबाट १ सय ३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध विहीबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस