धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडा कार्यरत रहेका असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरिसकेको छ ।
तपाईंको प्रतिकृया




