कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं ।  कोरोना भाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि परीक्षा सुरु गर्नेगरी रुटिन सार्वजनिक गरेको छ । परीक्ष ९ गतेबाट सुरु भै १६ गते सकिनेछ ।

परीक्षासम्बन्धी पुरानो नियमलाई एकपटकका लागि निलम्बन गर्दै नयाँ कार्यविधि बनाएर परीक्षा लिन लागिएको हो । नयाँ कार्यविधी अनुसार विद्यार्थीहरुले यो वर्षको परीक्षा आफैले पढेको विद्यालयमै दिन पाउनेछन् । यसअघिका परीक्षामा एउटा विद्यालयका विद्यार्थीको परीक्षा केन्द्र अर्को विद्यालयमा हुने गरेको थियो ।

विद्यार्थीले १०० पूर्णाकमध्ये जम्मा ४० प्रतिशतको मात्रै लिखित परीक्षा दिनेछन् । बाँकी ४० प्रतिशत कक्षा ११ को रिजल्टबाट समावेश हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकन गरी विद्यालयले नै प्रदान गर्नेछन् ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सभामुखले बोलाएको बैठकमा संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । …

प्रतिकृया दिनुहॊस