हिमालयन बैंकको नाफा ५१ करोड

काठमाडौं । हिमालयन बैंकले ३ महिनामा  ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो ।

हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो भने २०७४ चैत मसान्तमा एक अर्ब ६१ करोड पुर्याएको हो । हिमालयनले ९६ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकले तीन महिनामा खुद ब्याज आम्दानी ४ अर्ब ५० करोडबाट बढाएर ६ अर्ब ८७ करोड पुर्याएको छ । तीन महिनामा बैंकको खराब कर्जा पनि १.३२ प्रतिशतबाट घटेर १.१९ प्रतिशतमा आईपुगेको छ ।

बैंकको आधार ब्याज दर ९.४२ प्रतिशत छ भने स्प्रेड दर ४ प्रतिशत रहेको छ । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रतिशत १६३.६१ रुपैंयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री