वीरगंज ।संघिय प्रेस फोरम पर्सा, प्रेस चौतारी पर्सा र प्रेस सेन्टर पर्साका अगुवाहरु बीच आज वीरगंजमा पत्रकार महासंघ प्रदेश नम्बर २ को निर्वाचनको विषयलाई लिएर विशेष छलफल सम्पन्न भएको छ ।

वीरगंजको होटल मकालुमा सम्पन्न छलफलमा पत्रकार महासंघलाई व्यवसायिक रुपमा सम्बृद्ध र सुदृढ गर्न सक्ने नेतृत्वलाई छनौट गर्ने, पत्रकार महासंघलाई कमाई खाने भा“डो बनाउनेहरुबाट संगठन जोगाउन र पत्रकारहरुको पेशागत हक हित र संरक्षणका लागि संघिय प्रेस फोरमबाट प्रदेश नम्बर २ मा अध्यक्षका उम्मेदवार बन्नु भएका विजय कुशवाहालाई विजय गराउने सम्बन्धमा छलफल भएको थियो ।
संघिय प्रेस फोरम पर्साका अध्यक्ष आर.के. पटेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, पूर्व उपाध्यक्ष ध्रुव साह, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, आदिवासी जनजाति पत्रकार महासंघका जगत राई, नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दास, प्रेस चौतारीका सल्लाहकार महेश गौतम, राजु श्रेष्ठ, संजिव मिश्र, युवराज खड्का, संघिय प्रेस फोरमका सल्लाहकार अनिल तिवारी, श्याम कुशवाहा, राम कुशवाहा, चन्द्रभुषण साह लगायतको सहभागिता रहेको थियो ।
तपाईंको प्रतिकृया




