काठमाडौं । एनएमबि बैंक र आइएमएसबीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ ।
सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसुङ मोबाइलको खरिदमा १० प्रतिशत छुट वा रु १ हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।
तपाईंको प्रतिकृया




