नेपाल टेलिकमले ल्यायाे अटम र फेस्टिभल अफर

काठमाडाैं । नेपाल टेलिकमले ९० दिनसम्मको अटम र फेस्टिभल अफर ल्याएको छ । टेलिकमले घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने भएको छ ।

अटम अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने गरि ३ दिनसम्म चलाउन मिल्नेगरी  रू.५५ रुपैयाँमा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने १ जिबी डाटाको एड अन प्याक खरिद गर्न सकिने जनाइएको छ ।

त्यस्तै, ४० रुपैयाँमा ३ दिनका लागि ७० मिनेट र १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने जनाइएको छ । कम्पनीले ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा १ सय एमबी प्राप्त गर्न सकिने जनाइएको छ ।

‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ५ सय एमबी र वान डे डाटा प्याक अन्तर्गत रु १० रुपैयाँमा १ सय २० एमबी र १५ रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध हुने जनाइएको छ ।

फेस्टिभल अफर

फेस्टिभल अफरका रुपमा दशै-तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम/सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउने   साथै रिचार्ज कार्डबाट ५० वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

रिचार्जकार्डबाट १ सय वा एमपोसबाट ५१ देखि १ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट २ सय वा एमपोसबाट १ सय १ देखि २ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ ।

एमपोसबाट २ सय १ देखि  रु.४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

रिचार्ज कार्डबाट ५ सय वा एमपोसबाट रु. ५ सय देखि ९ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस र रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस