सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा २५ प्रतिशत छुट

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेकाे छ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५% छुट वा अधिकतम् रु २ सहाज ५०० सयसम्म क्यास ब्याक प्राप्त गर्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस