काठमाडौंका यी क्षेत्रमा विहान १० बजेपछि मात्रै बत्ती आउने

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा अहिले बत्ती गएको छ । फिडर सटडाउनमा राखी काम गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रको लाइन काटिएको हो ।

नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लिला अर्यालका अनुसार, रत्नपार्क वितरण केन्द्रको टेकु, ​त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पंचली भैरव, उद्योग वाणिन्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपर मार्केट अगाडिसम्मको लाइन काटिएको छ ।

यसैगरी टेकु वंशीमार्ग, सुकुमबासी जाने बाटो सम्म ,कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडिको क्षेत्रमा बिहान १० बजेपछि मात्रै बत्ती आउने उनले बतायन् ।

टंगाल, भरुङ्गखेल, क्षेत्रपाटीचोक, ढल्कोचोकसम्म,भिमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुदैं टेकु नेशनल ट्रेडिङ्गको बाहिरपटी,काठमाण्डौं विजनेश पार्क हुदैं १२ नं. वडा कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भिमसेनस्थान, सरुगल्लीको ट्रान्सफरमर सम्म पनि बत्ती काटिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस