पोखरा । गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ३ जिल्लामा ३२जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका २८ जना, स्याङजाका ३ जना र तनहुँका १ जना, गरी जम्मा ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८०१
पुगेको छ ।

तपाईंको प्रतिकृया




