नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

काठमाडौँ ।नेपाल महिला चेम्बर र सोचेको डट कमबीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठ र सोचेको डट कमका तर्फबाट प्रवन्ध निर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्  ।

ई कमर्सको माध्यमद्धारा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बजारिकरण गर्न गराउन तथा ब्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।

सम्झौता पछि  आफनो धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यम उपयोगी हुने विश्वास व्यक्त गर्दै एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको जनाईन् ।

साथै, उनले कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई हल गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन यो व्यवस्था प्रभावकारी हुने अपेक्षा लिईएको उनले बताईन् ।

सो अवसरमा सोचेको डट कमका प्रवन्ध निर्देशक शैलेश लोहनीले सोचेको डट कम नेपालको एक लोकप्रिय अनलाईन सपिङ्ग कम्पनी रहेको दाबी गर्दै केहि वर्ष अघि मात्र सेवा शुरुवात गरेको यस कम्पनीले छोटो समयमा नेपाली ग्राहकहरुको मन जित्न सफल भैरहेको जनाए ।

 

सम्झौता पत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डट कमको वेबसाईटमा राखिने, वेबसाईट सम्बन्धी तथा डिजिटल माकेटिङ्गको तालिम उपलब्ध गराउने, उत्पादनहरुको फेसबुक लगाएतका विभिन्न माध्यमहरुबाट विज्ञापन गर्नका साथै उद्यमीहरुको आवश्यक पर्ने ब्राण्ड मेनेजमेन्ट लगाएतका तालिम उपलब्ध गराउने, जिल्लाका उद्यमीहरुलाई यथासिघ्र यो योजनामा सामेल गराउने कार्यक्रम र लक्ष्य रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री