काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९७१ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५ हजार ५२६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७८ हजार ५२४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६८ लाख ३५ हजार ६५६ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ५८ लाख २७ हजार ७०५ जना ठिक भएका छन् । त्यस्तै ९ लाख २ हजार ४२५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ८ करोड ३४ लाख ६५ हजार ९७५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ९४ हजार ३२१ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




