फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज

काठमाडौँ । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ ।

फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो ।

यसै शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको छ । ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छ ।

कम्पनी यति विश्वस्त छकि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकम भन्दा दोब्बर रकम फिर्ता पाउनेछ ।
सन २०२० मा बनेको ईकोस्पोर्ट Bharat stage VI (BS-VI) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि Ti-Vct पेट्रोल ईन्जिन समावेश छ । जसले 122 PS power / 149 NM Torque प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड Automatic        Transmission मा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो BSVIमा आधारित 1.5 लि. TDCI डिजल ईन्जिन रहेको छ जसले 100 PS power / 215 NM Torque   प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

यस ईकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो  Sun roof  जडित भेरियन्टमा पनि उपलब्ध छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस