अस्पतालको दोस्रो तल्लाबाट हाम्फालेका बिरामीको मृत्यु

विराटनगर । विराटनगरमा अस्पतालको दोस्रो तल्लाबाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । विराट नर्सिङ होममा उपचाररत मिक्लाजुङ गाउँपालिका-७ का अमृत गजमेरको मृत्यु भएको हो ।

निमोनियाका बिरामी उनी असोज १७ गते विराट नर्सिङ होमकाे आइसीयूमा भर्ना भएका थिए । उनले आफूलाई गर्मी भयो भन्दै नर्ससँग बाहिर निस्कने अनुमति मागेर दौड्दै दोस्रो तल्लाको झ्यालबाट आज हाम्फालेका थिए ।

अस्पताल प्रशासनका अनुसार बिहान पौने ६ तिर हाम्फालेका उनलाई तत्काल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइएको थियो । आजै उनको मृत्यु भयो । के कारणले बिरामीले हाम्फालेको भन्ने विषयमा खुल्न सकेकाे छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री