सुनको मुल्य तोलामा ४ सयले घट्यो

काठमाडौँ । सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहदै तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री