भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ७७६ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेकोबेला पछिल्लो २४ घण्टामा भने केहि घटेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७७६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९६ हजार ३१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७० हजार ५८९ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६१ लाख ४५ हजार २९२ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ५१ लाख १ हजार ३९८ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ४७ हजार ५७६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ७ करोड ३१ लाख १० हजार ४१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ४२ हजार ८११ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहानको पछिल्लो अपडेट : इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ, कसको मत कति ?

काठमाडौं । प्रतिनिधि सभा अन्तगरत इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको …

प्रतिकृया दिनुहॊस