विश्वमा २ करोड ४८ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ४८ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ४८ लाख ७६ हजार १६९ जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ६ हजार ३३७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३५ लाख ४६ हजार ६५१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९ हजार ८०८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७३ लाख ६१ हजार ६११ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ हजार ३५१ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ६७१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ४३ हजार १९ पुगेको हो ।

नेपालमा सोमबार देशभर गरी १,३५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७४,७४५ पुगेको छ । नेपालमा अहिलेसम्म ४८१ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५४,६४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस