शंकास्पद व्यक्ति चेक गर्दा फेला पर्‍यो दुई केजी चरेस !

काठमाडौं । राजधानीको चन्द्रागिरिमा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा दुई केजी चरेस फेला पारेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिद्वारा चन्द्रागिरि नगरपालिका १२ ईन्चाटोल स्थित सार्वजनिक बाटोमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा दुई केजी चरेस सहित एक जना पक्राउ परेका हन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार मकवापनुरको थाहा नगरपालिका ७ पाखुरे घर भई हाल चन्द्रागिरि १२ बस्ने २३ वर्षीय सुविन्द्र स्याङ्ताङलाई् दुई केजी चरेस सहित पक्राउ गरिएको हो ।

प्रहरी टोलीले बाटोमा शंकास्पद अवस्थामा हिडिरहेका व्यक्तिको शरीर तथा निजले बोकेको रातो रंगको हाते झोला खानतलासी गर्दा उक्त झोला भित्र टेपले बेरेको दुई पोकामा लागु औषध चरेस किलो फेला परेको उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका स्याङ्ताङलाई् लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा कांग्रेस उम्मेदवारलाई हराउँदै एमालेका भण्डारी विजयी

काठमाडौं । नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् …

प्रतिकृया दिनुहॊस