विश्वमा संक्रमितको संख्या ३ करोड २७ लाख नाघ्यो, ९ लाख ९२ हजारको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ । बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ ।

यसैगरी अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण छ । संक्रमित ६३ हजार ७१७ को अवस्था गम्भीर छन् ।

पछिल्लो २द्ध घण्टामा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अहिलेसम्म २ लाख ८ हजार ४४०ले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री