महालक्ष्मी विकास बैंक लि. को नयाँ शाखा गोलबजारमा

काठमाडाै । महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आज शुक्रबारदेखि सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको  जारी बिज्ञप्तीमा उल्लेख छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस