मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

खोलाले बगाउँदा झापामा दुई वर्षका बालकको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा एक दुई वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा बिर्तामोड–७ का राजु मर्डीका दुई वर्षीय छोरा जीवन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनी बुधबार राति ९ बजेबाट हराइरहेका थिए । बिहीबार बिहान घर नजिकैको रेखा खोलामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । लगातारको वर्षाका कारण बढेको खोलाले उनलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds